• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’



एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके) का पूर्व कप्तान महेन्द्र सिंह धोनी पञ्जाब किंग्स विरुद्धको खेलमा नवौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । टी–२० करियरमा माही यति तल ब्याटिङ गर्न आएको यो पहिलो पटक हो ।

धोनी यस खेलमा खाता नखोल्दै आउट भएका थिए र उनलाई पञ्जाबका फास्ट बलर हर्षल पटेलले बोल्ड गरेका थिए । यसबारे पूर्व अलराउन्डर इरफान पठानले आफ्नो धारणा राख्दै धोनीले जिम्मेवारी लिनुपर्ने र शीर्ष क्रममा ब्याटिङ गर्न आउनु पर्ने बताए ।

पठानले एक खेलकुद च्यानलमा भने, ‘धोनीले नौ नम्बरमा ब्याटिङ गर्न आएकाले सीएसकेलाई फाइदा गर्दैन । मलाई थाहा छ उनी ४४ वर्षको छन् , तर राम्रो फर्ममा छन् । उनले जिम्मेवारी लिनुपर्छ र माथिल्लो तहमा पुग्नुपर्छ । धोनीले कम्तिमा चार–पाँच ओभर ब्याटिङ गर्नुपर्छ । उनी अन्तिम वा अन्तिम दुई ओभरमा ब्याटिङ गर्न आउँदै छन् जुन चेन्नईका लागि लामो समयसम्म फाइदाजनक हुने छैन ।’

धोनीले आईपीएल २०२४ को चालू सिजनमा ब्याटले राम्रो प्रदर्शन गरेका छन् । उनले सात इनिङ्समा २२४.४९ को स्ट्राइक रेट र ५५ को औसतमा ११० रन बनाएका छन् ।