५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट नेपालमा हुने भएको छ ।

आगामी जुलाइदेखि फ्रान्सेली शहरमा ३३ औं गृष्मकालीन ओलम्पिक हुँदैछ । त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ । टेबल टेनिसको लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ सम्म हुने भएको हो । यसै छनोट प्रतियोगितामा भारत र भुटानबाहेक दक्षिण एसियाली राष्ट्र नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शिर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन् । दक्षिण एसियाली छनोटबाट समान एक पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउने संघले जनाएको छ । नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । यो छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार भारत नहुन ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो । साथै प्रशिक्षक कपालीले नेपालका चारै खेलाडी दाबेदार रहेको पनि दाबी गरेका छन् । तर, उनले श्रीलंकासँग भने कडा प्रतिस्पर्धा हुने पनि बताए । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्ने कपालीले उल्लेख गरेका छन् । नेपालबाट अहिलेसम्मका दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक बिष्टले यो सफलता पाएका थिए । हालै मात्र पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि छनोट चरण पार गर्दै ओलम्पिक खेल्दैछिन् । यो अवसर नेपालका टेबल टेनिस खेलाडीका लागि प्राप्त भएको छ । छनोट प्रतियोगिता सञ्चालनका लागि भने भारतबाट प्राविधिक आउने भएका छन् ।