२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपन : बार्टी र कोलिन्स फाइनलमा प्रवेश



अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनमा महिला तर्फको फाइनलमा आस्ले बार्टी र डानियल कोलिन्स पुगेका छन् ।

आज भएका सेमिफाइनलमा अस्ट्रेलियाली खेलाडी विश्व नं. १ आस्ले बार्टीले अमेरिकी युवती म्याडिसन की लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् ।

सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी हुन् । सन् १९७८ यता कुनै पनि अस्ट्रेलियाली खेलाडीले अस्ट्रेलियन ओपन जितेका छैनन् ।

आजै भएको अर्को खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरिन् ।
यी दुई बीच शनिबार फाइनल खेल हुनेछ । AP