२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै



अ+ अ-

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशालामा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा लखनउ सुपरजाइन्ट्स (एलएसजी) ले कोलकाता नाइट राइडर्स (केकेआर)सँग खेल्नेछ । भारत रत्न श्री अटल बिहारी वाजपेयी (इकाना) स्टेडियम, लखनउमा हुन लागेको खेल बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

पञ्जाब र चेन्नई यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । अन्तिम खेलमा पञ्जाब ७ विकेटले विजयी भएको थियो । दुवै टीम आज सिजनको ११ औं खेल खेल्दैछन् । चेन्नई १० मध्ये ५ जित निकालेर १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पञ्जाब १० मध्ये ४ जितेर ८ अंकसहित सातौं स्थानमा छ।

यस्तै, लखनऊ–कोलकाता पनि यस सिजनमा आज दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा कोलकाता ८ विकेटले विजयी भएको थियो । यो दुवै टोलीको ११औँ खेल हुनेछ । अन्तिम १० मध्ये ६ जित निकाल्दै १२ अंकसहित एलएसजी तालिकाको तेस्रो स्थानमा छ । जबकि केकेआर १० मध्ये ७ जित निकालेर १४ अंकसहित दोस्रो स्थानमा छ ।