• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट ★   लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन ★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली

सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु !



भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।

बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उहाँले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि रु ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताउनुभयो । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उहाँले बताउनुभयो ।

महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने आैंल्याउनुभयो ।

अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्‍याउन आह्वान गर्नुभयो । धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न अनुरोध गर्नुभयो । रासस