१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा



अ+ अ-

काठमाडौँ। ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर पुगेका छन् ।

कोशी प्रदेशका विभिन्न शहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया लगायतका देशका ओलम्पिक खेलाडी विराटनगर पुगेका हुन् ।

विराटनगर विमानस्थलमा बुधवार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गर्नुभयो । खेलाडीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो । नेपाल ओलम्पिक एशोसिएशनकी सचिव देवु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रश्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताउनु भयो ।

खेलाडीसँगै आउनुभएका हास्यकलाकार सन्दीप क्षेत्रीले राष्ट्रका गहना मानिने खेलाडीको सम्मानमा यस्तो कार्यक्रम आयोजना हुँदा खेल क्षेत्रले फड्को मार्ने बताउनु भयो । उहाँले पुनर्मिलन कार्यक्रमले पुराना खेलाडीमा सम्मान महशुस दिलाउनेमात्र नभइ खेलक्षेत्र प्रवेश गर्दै गरेका युवा पुस्तामा पनि हौसला मिल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइने बताइएको छ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुनेछन् । चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवद्र्धनमा जोड मिल्नेगरी अघि बढाइने बताइएको छ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बोर्डले जनाएको छ ।