५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नंको स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ । घट्नाको अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।