१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित विजयी



अ+ अ-

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार सुहाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले लगातार चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट नेकपा एमालेकै सुवास नेम्वाङ ११४ मतान्तरले विजयी भएका थिए । यस पटक उनै सुवासका पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम तेस्रो भएका छन् । प्रदेश–१ लाई कोशी प्रदेश नामकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार बनेका थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।

निकै तामझामका साथ प्रचारमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।