• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही ★   प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध ★   नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने ★   ‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’ ★   परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’ ★   तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार ★   बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान ★   अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने ★   ‘हिरामण्डी’मा अदिति रावको ‘गज गामिनी’ चाल चर्चामा, के हो यसको अर्थ ? ★   राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, शुक्रवारसम्मका लागि बैठक स्थगित

इलाम उपनिर्वाचनः एमालेका सुहाङको अग्रता कायमै



फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिनुभएको छ ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार दुई सय ७३ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले दुई हजार आठ सय तीन मतसहित चौथो स्थानमा हुनुहुन्छ । मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा ९एकीकृत समाजवादी०का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गर्नुभएको छ ।

छवटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।