६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम अपडेट: फराकिलो अग्रता बनाउँदै सुहाङ



अ+ अ-

इलाम । प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ ।

१५ हजार ९६८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६२३ को मतान्तर बनाएका छन् ।

सुहाङले ६ हजार ४०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७८० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १८८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार मत सहित चौथो स्थानमा छन् ।