२८ मंसिर २०८२, आईतवार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।

वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आईतवार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गर्नुभएको हो ।

बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताउनु भयो । प्रशिक्षक मोन्टीले राम्रो शुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिनुभयो ।

पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उहाँको भनाइ छ । तर त्यो दबाब नेपालले अभैm राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ ।

प्रशिक्षक मोन्टीले ट्वान्टी–२० मा यस्तो अवस्था आउने बताउनु भयो । तर यहाँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भुमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ ।

उहाँले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताउनु भयो । यद्यपि, रोहितले राम्रो खेलेको उहाँको भनाइ छ ।