• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो ★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन ★   एमाले सुनसरीका अध्यक्ष निलमको निधन ★   सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार ★   गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार बिस्तारबारे छलफल



काठमाडौँ । चीनको कान्च प्रिफेक्चरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिहरुबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ ।

आईतवार काठमाडौंमा दुई पक्षका प्रतिनिधिहरुको बीचमा भएको भेटमा नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको हो ।

भेटका क्रममा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी आदानप्रदानका बारेमा छलफल भएको छ । दुई देशको बीचमा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी सम्भावनाका बारेमा छलफल भएको हो । भेटमा नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, चिया तथा कफी विकास बोर्डका प्रमुख डा. दीपक खनाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा आयुर्वेदिक औषधिको बारेमा चर्चा हुनुका साथै नेपालको कफी र चियाको बारेमा व्यापार गर्न सहज गर्ने, बजार बिस्तारीकरण गर्ने बारेमा पनि छलफल भएको छ । साथै नेपालमा उत्पादित अन्य वस्तु तथा सामग्रीहरुको चिनियाँ बजारमा बिस्तारका लागि सहयोग गर्न आग्रह गरिएकोे छ । नेपालको हिमाली क्षेत्र र कान्चको हिमाली क्षेत्रको सम्भावनाबारेमा छलफल भएको छ । फोटोबाट पनि कतिपय कुराको जानकारी हुने भएकाले ४० वटा फोटो राखिएको छ । कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर पनि हो ।