• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: महामन्त्री थापा ★   ‘संसदमा गाँजाको झोला लैजान मिल्ने तर व्यवसायिक र कानूनी वैधानिकता दिन किन नमिल्ने’ ★   नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीबारे लचिलो

शङ्खमूल आगलागी: वर्कसपसहित ५ पसलमा क्षति



काठमाडौं । शङ्खमूलको दोभान पुल नजिक आगलागी भएको छ । आगलागीबाट गाडीको वर्कसपसहित वरपरका पसलहरुमा क्षति पुगेको छ।

प्रहरीको अनुसार आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको छ ।

आगो लागेको झण्डै एक घण्टापछि ललितपुर महानगरपालिकाका दुई वटा दमकल पुगेको स्थानियले बताएका छन् । त्यसपछि काठमाडौंको जुद्ध बारुण यन्त्र पनि पुगेको थियो ।

आगो निभाउने क्रम जारी रहेको छ । आगलागीको पूर्ण विवरण भने आइपुगेको छैन ।