८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

लोपोन्मुख अवस्थामा मौलिक सीप

लोपोन्मुख अवस्थामा मौलिक सीप
अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन ।

आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो । खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो । अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन । वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन् । बनाउने मान्छे पनि कम छन् । दही, मही र दूध राख्नका लागि प्रयोग गरिने ठेकी पनि बिक्री हुँदैनन् । विभिन्न जातजातिमा आधारित सीप नागरिकको जीवन निर्वाह गर्ने माध्यम थियो ।

परम्परागत सीप बिक्न छाडेपछि पछिल्लो समय मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङको ग्रामीण समाज परम्परागत कृषि र पशुपालनमा आश्रित रहेको थियो । अहिले त्यो परिस्थिति फेरिएको छ । अचेल गाउँमा मान्छे कम छन् । उनीहरुले आयातित सामान प्रयोग गर्छन् । यसले आत्मनिर्भरभन्दा परनिर्भर बनाइरहेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ का तुलासिंह पुन मगरले ९ वर्षको उमेरदेखि नै चोयाका सामग्री बुन्नुहुन्थ्यो । डोको, नाङ्लो झेरुङ्गो, पेरुङ्गोलगायतका सामग्री घरायसी काममा प्रयोग हुन्थे । अहिले ती सामग्रीको सट्टा प्लाष्टिकका सामान प्रयोग हुन थालेका छन् ।

घर्ती भन्नुहुन्छ, “जुगजमाना सबै फेरिए, हाम्रो पालाको जस्तो छैन अहिले, उतिबेला बजारबाट नुन र चामल ल्याउँथे, लत्ताकपडा ल्याउँथे, अचेल सबैथोक बजारबाट आउँछ, प्लाष्टिकका सामान आउँछन्, यहाँ बनेका काठका, चोयाका र बाबियोका सामान प्रयोग नै गर्दैनन्, नजिकै बजार छ, पैसा भएपछि सबै एकछिनमा घरमा आउँछन्, सुविधा त भयो तर हाम्रो मौलिकता हरायो, सीप पनि हराउने नै भए ।”

निसीखोला गाउँपालिका–७ का प्रेमबहादुर विकले बाल्यकालदेखि नै काठका ठेकी बनाउन सिक्नुभयो । पछि ठेकी बनाएरै परिवार चलाउँदै आउनुभयो । सात वर्ष यता ठेकी बिक्री हुन छाडेपछि उहाँले अहिले ठेकी बनाउने काम नै छोड्नु भयो । आफूले बनाएका ठेकी किन्नका लागि टाढाटाढाबाट ग्राहक आउने गरेको भन्दै पहिले बनाएका ठेकी यतिकै थन्क्याइएको उहाँको भनाइ छ । मेला, पर्व र विभिन्न सार्वजनिक कार्यक्रम हुने स्थलमा डोकोमै बोकेर ठेकी बेच्न जाने गरेको स्मरण गर्दै अहिले धातुका ठेकीेले गर्दा काठका ठेकी विस्थापित भएको विक बताउनुहुन्छ ।

“मेरा छोरा नातिले पनि ठेकी बनाउन सिकेनन्, सिकेको भए पनि अहिले बिक्री हुने रहेनछ, हामीहरुले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामी पछिका युवाले पुराना पुस्ताको सीप सिकेनन्”, विकले भन्नुभयो, “मैले ठेकी बेचेर महिनामा उतिबेलाको रु ३० हजारसम्म कमाउने गर्थे, तर अहिले एउटा ठेकी पनि बिक्री हुँदैन, राज्यले आयातित सामानलाई प्रतिबन्ध गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिए हामी जस्तो हातमा सीप भएका मान्छेलाई जीविका चलाउन समस्या हुने थिएन ।”

निसीखोला–५ का ६७ वर्षीय तिलबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको थियो । बुढ्यौलीले गर्दा हातपाखुरा चल्न छाडेपछि उहाँले अहिले आरनमा काम गर्नुहुन्न । आफ्ना दुई भाई छोराले सानैबाट यो पेसाप्रति चासो नै दिएनन् । घरेलु औजार बनाइदिएबापत गाउँलेबाट हिसाब गरेर धान, गहुँ, मकैजस्ता खाद्यान्न उठाएर परिवार चलाउँदै आए पनि अहिले पेसा पूर्णरुपमा बन्द भएको छ ।

आफूले १०/१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उहाँको भनाइ छ । अचेल बजारमा हसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाउने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताउनुभयो । रासस