• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ? ★   मनसुनजन्य विपदबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण ★   झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु ★   सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन: विश्वप्रकाश शर्मा ★   काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित) ★   भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट ★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा ★   सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो? ★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ

सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै



काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर ९सबैलाई औषधि खुवाउने गरी० दुईहप्ते अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले ती सात जिल्लाका एक सय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने बताउनुभयो ।

सरकारले यसअघि ती सात जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुन: अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधि खुवाइने छ ।

सरकारले समुदायस्तरमा सङ्क्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधि खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको सङ्क्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । रासस