• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ गते काठमाडौंमा भएको जनप्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको विरोध गर्दै देशभर मसाल जुलुस निकालेको छ ।

राप्रपाको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका बर्दियाका राप्रपाका नेता ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको थियो । राप्रपाले प्रहरीको दमनबाट आफ्नो नेताको मृत्यु भएको आरोप लगाउँदै आएको छ ।

राप्रपाले मृतक डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । मसाल जुलुस प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा बर्दियाका जिल्लास्तरीय नेता ठाकुरप्रसाद डाँगीको मृत्यु भएको थियो । उनै डाँगीको १३ औं तिथिका अवसरमा राप्रपाले प्रदर्शन गरेको हो ।