• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी खटाइँदै



काठमाडौँ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो । उहाँले आफूहरु निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताउनु भयो । उहाँले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरु पनि निर्माण भइसकेको बताउनु भयो । उहाँले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताउनु भयो । उहाँले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने बताउनु भयो ।

उहाँले मतदाताहरु मतदान गर्नका लागि उत्सुक भइ मतदान स्थलहरुमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताउनु भयो । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरुलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताउनु भयो । उहाँले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै आफ्नो आफ्नो स्थानमा खटिसक्नुभएको छ । मतदान केन्द्रहरु पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ । मतदाताहरु पनि इच्छुक भएर मत्दान केन्द्रमा आउने, हाम्रा गतिविधिहरु निरीक्षण गर्नुभएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । यसमा ७९ वटा मतदान स्थल छन् । १४९ वटा मतदान केन्द्र छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहनुभएको छ । यो संख्यामा पुग्नेगरी मतपत्र लगायतका सामग्री तयार पारिसकेका छौँ । अहिले हामीसँग करिव २,२२५ को संख्यामा सुरक्षा टोली छ । मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएका छाँै । सुरक्षित किसिमले मतपेटिका सम्बन्धित ठाउँमा लग्नेछौँ ।’

यता इलामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरु मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताउनु भयो । उहाँले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताउनु भयो । उहाँले सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताउनु भयो । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ४२ वटा वडाहरु जुन ६ वटा स्थानीय तहअन्तर्गत पर्दछन्, यसको ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका छौँ । जसमा सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरेका छौँ । ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा छन् । सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९ र अतिसंवेदनशीलमा १२ जना हुनेछन् । अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुनेछ । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिनुभएको छ । थप जिल्लाबाट आवश्यकता परे व्यवस्थापन गर्नेछौँ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदैछ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् । पुरुष तथा महिलाका लागि अलग/अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । उहाँका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाइ गस्तीको प्रवन्ध पनि मिलाइएको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।