• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै

हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ?



एजेन्सी । आईपीएलमा सनराइजर्स हैदराबादको खेल हुँदा क्यामेरामा निकै कैद हुन्छिन् एक सुन्दर महिला । टोलीको प्रदर्शनमा कहिले निराश त कहिले खुसी हुने उनको रियक्शन निकै भाइरल हुन्छ । उनी कहिले हैदराबादको जर्सीमा आउँछिन् भने कहिले अन्य ड्रेसमा । उनी हुन् हैदराबाद टिमकी मालिक काव्या मारन ।

आईपीएलमा आफ्नो टिमको हरेक खेलमा उनी देखिएकी छिन् । काव्याले आफ्नो अभिव्यक्ति लुकाइनन् ।

बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग हैदराबाद ३५ रनले पराजित भयो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । उनलाई हेर्दा यो खेलमा सनराइजर्स हैदरावादको स्थिति कस्तो छ भन्ने स्पष्ट हुन्थ्यो । यस खेलमा काव्या आफ्नो टोलीको प्रदर्शनबाट निकै निराश देखिएकी थिइन् ।

अब्दुल समद आरसीबीविरुद्धको खेलमा हैदराबादको अन्तिम आशा थिए । कर्ण शर्माको बलिङमा उनी आउट हुनेबित्तिकै टोलीको आशा चकनाचुर भयो । त्यसपछि काव्याले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

काव्या हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) र मालिक हुन् । काव्याको जन्म अगस्ट ६, १९९२ मा चेन्नईको एक धनी व्यापारी परिवारमा भएको थियो । उनका बुबा कलानिथी मारन सन ग्रुपका अध्यक्ष र संस्थापक हुन् ।

चेन्नईको एक विद्यालयबाट आफ्नो स्कूली शिक्षा पूरा गरेपछि, उनले स्टिल स्टेला मारिस कलेज, चेन्नईमा प्रवेश गरिन् र वाणिज्यमा स्नातक डिग्री प्राप्त गरे । त्यसपछि काव्या थप अध्ययनका लागि बेलायत गइन् । त्यहाँ उनले न्यूयोर्क विश्वविद्यालयसँग सम्बद्ध लियोनार्ड एन स्टर्न स्कूल अफ बिजनेसबाट एमबीए डिग्री हासिल गरिन् ।

पढाइ सकेपछि उनी भारत फर्किइन् र आफ्नो पारिवारिक व्यवसाय सन टिभी नेटवर्कमा आबद्ध भइन् । काव्या मारनलाई सन् २०१९ मा सन टिभी नेटवर्कको निर्देशक प्यानलमा समावेश गरिएको थियो ।

काव्या मारनलाई क्रिकेटमा गहिरो रुचि छ । आईपीएलमा खेलाडीको लिलामीमा उनी जसरी बोलीमा देखिन्छिन्, त्यसले टोलीका लागि खेलाडी छनोटमा उनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।

काव्या मारनको परिवार व्यवसायसँग मात्र सम्बन्धित छैन, उनको परिवारमा राजनीतिक प्रभाव पनि छ । काव्याका हजुरबुबा मुरासोली मारन पूर्व केन्द्रीय वाणिज्य मन्त्री थिए र उनका काका दयानिधि मारन केन्द्रीय मन्त्री थिए । रिपोर्टका अनुसार काव्याको अनुमानित कुल सम्पत्ति करिब ४०९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।