• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे



एजेन्सी । बलिउड अभिनेता गोविन्दा बिहीबार भान्जी आरती सिंहको विवाहमा पुगेका थिए । यो बिहेमा उनी छोरा यशका साथ आएका थिए । तर, उनकी श्रीमती सुनिता भने यस समारोहमा देखिइनन् ।

गोविन्दाको उपस्थितीले उनले भान्जा कृष्णा अभिषेकसँगको सबै गुनासो सुल्झाएको अनुमान गरिएको छ ।

आरतीको विवाहसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा देखा परेका छन् । यी भिडियोमा गोविन्दा आफ्नी भान्जीलाई आशीर्वाद दिन आएको देख्न सकिन्छ । यस क्रममा उनले पापाराजीसँग पनि कुराकानी गरे ।

कृष्णा र उनकी पत्नी कश्मिराले पनि गोविन्दाको आगमनमा खुसी व्यक्त गरेका छन् । कृष्णाले भने – आज म धेरै खुसी छु । आजको दिन आरती र हामी सबैको लागि धेरै खुसीको दिन हो । मामालाई देखेर धेरै खुसी लाग्यो । यो हाम्रो मनको कुरा हो । हामीसँग भावनात्मक सम्बन्ध छ ।’

गोविन्दा आएपछि कश्मिराले पनि खुशी व्यक्त गरेकी छन् । उनले भनिन् ‘मैले पनि उनको खुट्टा छुएँ । म धेरै खुशी छु । उहाँले (गोविन्द।) मेरा दुवै छोराछोरीलाई आशीर्वाद पनि दिनुभयो, जसले मलाई झनै खुशी बनायो ।’

कृष्णाले भनेका थिए– बिहेको पहिलो कार्ड मामालाई जान्छ
केही समयअघि आरती सिंहको विवाहको खबर मिडियामा आएपछि डीएनए इन्डियालाई दिएको अन्तर्वार्तामा कृष्णालाई आरतीको विवाहमा गोविन्दालाई निम्तो दिने हो कि भनेर सोधिएको थियो । त्यसमा उनले भनेका थिए– अरे निमन्त्रणा पहिले उहाँलाई जान्छ । उहाँ मेरो मामा हुनुहुन्छ । हामीबीच केही तिक्तता छ, तर त्यो फरक मुद्दा हो । तर पहिलो विवाहको कार्ड उहाँलाई जान्छ । यो बिहेमा उहाँ पक्कै आउनुहुनेछ ।

सन् २०१६ मा पहिलो पटक यी दुईबीच दरार आएको थियो
पछिल्ला केही वर्षदेखि यी दुईबीच मनमुटाव चलिरहेको थियो । दुवैले पटकपटक मेलमिलाप पनि गरेका छन् । कृष्णा र गोविन्दबीचको तनाव कृष्णाको बयानबाट सुरु भयो । सन् २०१६ मा उनले रियालिटी शोको एक एपिसोडमा गोविन्दालाई मामाको रुपमा व्यवहार गरेको बताएका थिए ।

गोविन्दालाई उनको यो कुरा पटक्कै मन परेन । जसमा गोविन्दाले पैसाको लागि टेलिभिजनमा कसैको अपमान नगर्ने बताएका छन् । गोविन्दाको यो भनाइमा कृष्णाले आफूले नराम्रो नियतले यी कुरा नभएको बताएका थिए ।

रियालिटी शो बिग बोस १३ मा देखिएकी अभिनेत्री आरतीले मुम्बईका व्यापारी दीपक चौहानसँग विवाह गरेकी हुन् ।