• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ



काठमाडौँ । प्रहरीले न्युरोडबाट एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।