२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ



अ+ अ-

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।

प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिनुभयो । पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।रासस