• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो



काठमाडौँ । टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । नेपालसँगको ५ खेलको टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।

यसैबीच खेलाडीहरुको स्वागतलाई लिएर सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)को आलोचना भइरहेको छ ।

खेलाडीहरुको क्रिकेट किट तथा लगेजहरुको व्यवस्थापन गर्ने बेलामा बोलेरो जिपमा लगिएको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यसैलाई लिएर क्यानको व्यवस्थापन पक्षमाथि प्रश्न समेत उठाइएको छ ।

सामाजिक सञ्जालमा क्यानको तिब्र आलोचना भइरहेको छ । प्रयोगकर्ताहरुले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठमाथि पनि प्रश्न उठाइरहेका छन् ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा तेस्रो, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । टोलीमा अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली छन् ।