२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटाको कोसेली नरिवल बिस्कुट



अ+ अ-

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ ।

धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रुपमा खाने गरिन्थ्यो ।

विसं २०११ मा स्थापित धनकुटा नगरपालिका(४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिक रुपमा विसं २०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।

उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रुपमा बिक्रि हुने गरेको छ ।

बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रुपमा लाने गरेका छन् ।

त्यस्तैगरी धनकुटा नगरपालिका(६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दैै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रुपमा बिक्री हुने गरेको जानकारी दिनुभयो ।

कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रुपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । “यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रुपमा नै जाने हो”, कटुवालले भन्नुभयो ।

त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा(१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गर्नुभएका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्नुहुन्छ । उहाँले पनि धनकुटाको पहिचान तथा कोसेलीका रुपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताउनुभयो ।

अहिले नरिवल बिस्कुटको खुद्रा मुल्य प्रति झोला रु ६० देखि ८० सम्म छ । जिल्लामा प्राय: सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ । बिगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा ब्यपार गर्दै आउनुभएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रुपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्राय: सबै बिस्कुट कोसेलीका रुपमा बिक्री हुने गरेको छ । जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुईरदुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन् । रासस