९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु

आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु
अ अ+ अ-

एजेन्सी । क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले आज जीवनको अर्धशतक पूरा गरिसकेका छन् । उनी आज ५१ वर्षको भए । उनको जन्म १९७३ अप्रिल २४ मा भारतको मुम्बईमा भएको थियो ।

सचिनले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू १५ नोभेम्बर १९८९ मा पाकिस्तानविरुद्ध गरेका थिए । अन्तिम खेल १६ नोभेम्बर २०१३ मा वेस्ट इन्डिजसँग खेले । उनको करियर २४ वर्ष १ दिनको थियो । यस अवधिमा उनले कुल ६६४ खेल खेलेर ३४ हजार ३५७ रन बनाए ।

सचिनको जन्मदिनको अवसरमा आज उनले बनाएका ६ रेकर्डहरूबारे चर्चा गरौं, जुन तोड्न असम्भव जस्तै छ ।

१. सचिनको नाममा सबैभन्दा धेरै टेष्ट र एकदिवसीय खेल खेल्ने कीर्तिमान
क्रिकेटमा कुनै पनि कीर्तिमानको कुरा गर्दा सचिनको नाम सधैं आउँछ । सचिन विश्वमा २०० अन्तर्राष्ट्रिय टेस्ट खेल्ने एकमात्र खेलाडी हुन् । यस सूचीमा सचिन नम्बर एकमा छन् भने जेम्स एन्डरसन १७९ टेस्ट खेलेर दोस्रोमा छन् ।

टेस्टमा मात्रै होइन, विश्वमा सबैभन्दा बढी एकदिवसीय खेल्ने कीर्तिमान पनि उनको नाममा छ । सचिन एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने विश्वकै पहिलो खेलाडी पनि हुन् । सन् १९८९ मा आफ्नो एकदिवसीय करियर सुरु गरेका यी खेलाडीले आफ्नो २३ वर्षको एकदिवसीय करियरमा जम्मा ४६३ ओडीआई खेलेका छन् ।

सचिनले टीम इन्डियाका लागि १९९० देखि १९९८ सम्म लगातार १८५ ओडीआई खेले । यो आफैमा विश्व कीर्तिमान हो । एकदिवसीयमा सबैभन्दा धेरै खेल खेल्ने मामिलामा उनी पछि श्रीलंकाका महेला जयवर्धने छन्, जसले ४४८ ओडीआई खेलेका छन् । जयवर्धने उनको नजिक आए, तर यो रेकर्ड तोड्न सकेनन् ।

२. सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेटमा (तीनवटै ढाँचासहित) सबैभन्दा धेरै रन क्रिकेटका बादशाह सचिनको नाममा छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजारभन्दा बढी रन बनाएका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा यति धेरै रन बनाउने विश्वकै एकमात्र खेलाडी हुन् । उनको कुल रन ३४,३५७ छ । यो मामिलामा श्रीलंकाका कुमार सांगकारा दोस्रो नम्बरमा छन् । उनले २८ हजार १६ रन बनाएका छन् ।

३. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक
विश्व क्रिकेटमा सय शतक प्रहार गर्ने खेलाडीमध्ये सचिन तेन्दुलकर एकमात्र नाम हुन् । यो ठूलो कीर्तिमान हो, जुन कुनै पनि ब्याट्सम्यानका लागि तोड्न गाह्रो छ । सचिनपछि सबैभन्दा धेरै शतक बनाउनेमा विराट कोहली (८०) पर्छन् । तेस्रो नम्बरमा अस्ट्रेलियाका रिकी पोन्टिङ (७१) को नाम आउँछ । सचिनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक बनाएका छन् ।

४. सबैभन्दा धेरै अर्धशतक
शतकका अलावा सचिनले धेरै अर्धशतक पनि बनाए । सचिनको नाममा ७८२ इनिङ्समा कुल १६४ (तीनवटै ढाँचामा) अर्धशतक प्रहार गर्ने कीर्तिमान छ । दोस्रोमा अष्ट्रेलियाका रिकी पोन्टिङ छन् जसले १४६ अर्धशतक बनाएका छन् ।

५. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी चौका सचिनकै नाममा
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४ हजार ७६ चौका प्रहार गरेका छन् । उनले टेष्टमा २०५८, ओडीआईमा २०१६ र टी–२० मा २ चौका प्रहार गरेका छन् । उनले ६६४ अन्तर्राष्ट्रिय खेलमा यी चौका प्रहार गरेका हुन् ।

६. विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी
विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिन तेन्दुलकरकै नाममा छ । सचिन सन् १९९२ देखि २०११ सम्म जम्मा ६ विश्वकपमा टिममा थिए । यस क्रममा उनले ४५ खेलको ४४ इनिङ्समा २२ सय ७८ रन बनाएका थिए । सचिनले विश्वकपमा ६ शतक र १५ अर्धशतक बनाएका छन् । साथै तेन्दुलकरले एउटै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले २००३ क्रिकेट विश्वकपमा ११ खेलमा ६७३ रन बनाएका थिए ।