४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने !



अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानबीचको अन्तिम भिडन्त सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा भएको थियो, जुन भारतले आयोजना गरेको थियो ।

अब यी दुईबीचको अर्को भिडन्त २०२४ को टी–२० विश्वकपमा हुनेछ । तर, त्यसअघि नै ठूलो खबर बाहिर आएको छ, जसमा भारतीय टोलीले २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान भ्रमण नगर्ने खुलासा भएको छ ।

पाकिस्तानले २०२५ च्याम्पियन्स ट्रफी आयोजना गर्दै छ । यसअघि, एसिया कप २०२३ मा पनि त्यस्तै भयो, जहाँ टूर्नामेन्ट पाकिस्तानले आयोजना गरेको थियो, तर भारतले हाइब्रिड मोडलमा श्रीलंकामा खेलेको थियो । एसिया कपका लागि भारतीय टोलीले पाकिस्तान भ्रमण गरेको छैन । भारतले पाकिस्तान भ्रमण नगरेकोमा सुरक्षाको कारण देखाएको थियो ।

अब च्याम्पियन्स ट्रफीको बारेमा, बीसीसीआई स्रोतले समाचार एजेन्सी आईएएनएसलाई भन्यो, ‘द्विपक्षीय शृङ्खला बिर्सनुहोस्, टीम इन्डियाले च्याम्पियन्स ट्रफी २०२५ को लागि पनि पाकिस्तान भ्रमण गर्न सक्दैन । स्थान परिवर्तन गर्न वा हाइब्रिड मोडेल प्रयोग गर्न सकिन्छ ।’

पाकिस्तान क्रिकेट टोलीले एकदिवसीय विश्वकप २०२३ को लागि भारत भ्रमण गरेको थियो । तर, विश्वकपका लागि भारत आउनुअघि पाकिस्तान क्रिकेट बोर्डले धेरै माग राखेको थियो भने भारतले एसिया कपका लागि पाकिस्तान भ्रमण नगरे पाकिस्तानले पनि विश्वकपका लागि भारत भ्रमण नगर्ने बताएको थियो ।

अब च्याम्पियन्स ट्रफीको नतिजा कस्तो हुन्छ हेर्नु चासोको विषय हुनेछ । यदि टुर्नामेन्टका लागि पाकिस्तान नजाने हो भने त्यो ठाउँमा फेरबदल हुने वा हाइब्रिड मोडल प्रयोग गर्ने हो भने हेर्न बाँकी छ ।