• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

दिल्लीको ल्याण्डफिल साइटमा आगलागी



दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रहेको ल्याण्डफिल क्षेत्रमा आगलागी भएको छ । सो क्षेत्रबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीयहरुले बताएका छन् । आगो निभाउने कार्य चलिरहेको छ ।

आईतवार साँझदेखि ल्याण्डफिल साइटमा आगलागी जारी छ । यसैबीच ल्याण्डफिलबाट निस्कने विषाक्त धुवाँले स्थानीय बासिन्दाहरूलाई सास फेर्न अफ्ठ्यारो भएको छ । आगलागीको कारण खुल्न नसकेको भए पनि घटनामा संलग्न अज्ञात व्यक्तिहरु विरुद्ध कानुनी कारबाही अघि बढाएको अधिकारीहरुले जनाएका छन् ।

दिल्ली फायर सर्भिस डिपार्टमेण्टका अनुसार फोहोरको थुप्रोमा मिथेन मिसिएको कारणले ल्याण्डफिलमा आगो लागेको हो । अधिकारीहरूले आगलागीको कारण तातो र सुख्खा मौसमलाई दोष दिएका छन् ।