३० माघ २०८१, बुधबार
,
Latest
भूमि बैंकमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै बँदेलको टोकाइबाट सात घाइते



symbolic picture
अ+ अ-

दैलेख । रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज भैरवी गाउँपालिका–६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका(६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो ।

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते हुनुभएको छ ।

घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ ।

घाइतेमध्ये गणेश सलामी सख्त घाइते हुनुभएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडाध्यक्ष हमालले बताउनुभयो । गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औँला टोकेर अपाङ्ग हुनुभएको छ ।