१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

25.54°C

काठमाडौं

25.54°C

Kathmandu

Feels-like: 24.65

Wind: 4.41

Humidity: 19

Latest
भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च जिपको ठक्करबाट वृद्धको मृत्यु नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित ‘होस्टेल ३’ले पहिलो हप्तामा कति कमायो ? उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले सो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताउनुभएको र रिहाईका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताउनुभएको थियो ।