११ मंसिर २०८१, मंगलवार
,
Latest
इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती न्यायको बोर्डमा किन पोतियो कालो ‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुग्नु भएको छ ।

राजकीय भ्रमणका क्रममा उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नुभयो । स्वागत लगत्तै राष्ट्रपति पौडेल र कतारका अमिर शितल निवास पुग्ने र भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

शितल निवासको भेटवार्ता सकिएपछि राष्ट्रपति पौडेलले उहाँको सम्मानमा आयोजना गर्नुभएको राजकीय भोजका लागि होटल सोल्टी जाने कार्यक्रम रहेको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लाग्नुभएको हो ।

तस्बिरः किरणराज विष्ट/रासस