१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा
अ अ+ अ-

काठमाडौँ । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ ।

एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शुरु हुनेछ । पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली शुरु हुने स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताउनु भयो । र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु हुने बताउनु भयो । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरु केके छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताउनु भयो । १३ गते बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको बताउनु भयो । उहाँले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताउनु भयो । अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्तत: लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताउनु भयो । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिमालयन हाइड्रो एक्स्पोको हामी अन्तिम तयारीमा छाँै । यो चौथो संस्करण हो । बुधवार १२ गते बिहान हामीले साढे ६ बजे स्काई टावरबाट इभी र्‍याली गर्नेछौँ । त्यसका लागि ३ सय भन्दा बढी इलेक्ट्रिकल भेकलहरुले नाम लेखाइसक्नुभएको छ । हाम्रो रुट बानेश्वर हुँदै स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्नेछौँ । स्टलहरुमा आउनेहरुको सम्पूर्ण तयारी भइसकेको छ । उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदाहरु, समस्याहरु केके छन्, नेपाल—भारतबीचमा ट्रेडका समस्या के छन् भनेर थुप्रै सेशनहरु हुनेछन् । नेपाली र विदेशी विज्ञहरु हुनुहुन्छ । १३ गते हामीले राष्ट्रपतिद्वारा हिमालय एक्स्पोको विधिवत उद्घाटन गर्नेछौँ । १४ गते पनि माननीय मन्त्रीज्युहरुसँग सेसनहरु छन् । यो एक्स्पोले विगतका भन्दा फरक खालको म्यासेज दिनेछ । जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु त्यत्ति धेरै हुँदैनन् ।

यस वर्ष भारतले १० हजार मेगावाट किन्ने र बंगलादेश बिजुली जाने भनिसकेपछि फरक खालका कुरा आउन थालिसकेका छन् । नेपाल सरकारले पनि झन्डै २८ हजार ५ सय मेगावाट २०३५ सम्ममा उत्पादन गर्ने लक्ष्य लिएको छ । संसारभर ग्रिन इनर्जीको उत्पादनको प्रेसर छ । अहिलेको एक्स्पोमा संसारभरका थुप्रै खालका लगानीकर्ताहरु, म्यानुफ्याक्चरहरु र डिजाइनरहरु, इन्स्योरेन्स कम्पनीका, बैंकका थुप्रैले इन्क्वाइरी गरेका छन् । सामान बेच्नका लागि मात्रै होइन, जलविद्युतमा कसरी आफूले लगानी गर्न सकिन्छ भन्ने खालका र निजी प्रवद्र्धकहरुसँग भेट गर्न पाइन्छ की पाइँदैन भन्ने खालका प्रश्न थुप्रै आइसकेकाले यो एउटा राम्रो प्लेटफर्म हुनेछ । साथै सरकारले लिएको २८ हजार ५ सयको जुन योजना छ, त्यो पूरा गर्न निजी क्षेत्रको पहलमा यो एकदमै ठूलो सहयोग हुन्छ ।’

अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताउनु भयो । उहाँले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको बताउनु भयो । उहाँले नेपालमा लगानी गर्न इच्छुक हुनेहरुका लागि सबैभन्दा राम्रो ठाउँ उर्जा क्षेत्र भएको दाबी गर्नुभयो ।