७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एमालेले गतिलो भाई काँग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य

एमालेले गतिलो भाई काँग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य
अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई काँग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको शिरक जयन्ती मनाएको टिप्पणी गर्नुभएको छ ।

सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई काँग्रेस बन्नका लागि हिरक जयन्ती मनाएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताउनु भयो ।

उहाँले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताउनु भयो । उहाँले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताउनु भयो । उहाँले सत्तामा रहेका कम्युनिस्ट पार्टी र काँग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताउनुभयो । उहाँले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताउनु भयो । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरुले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् । आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।

नेपाली काँग्रेस र सत्ताधारि कम्युनिस्टका बिच कुनै तात्विक र मौलिक अन्तर छैन । उनीहरुले माक्र्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिस्टहरुको समर्थन गर्ने जनता ठुलो छ । वामपन्थी जनमत ठुलो छ । त्यो जनमतलाई भ्रमित तुल्याउनका लागि गर्छन । सच्चा कम्युनिस्टहरुको धार कमजोर छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर यो एकीकृत हुँदै जान्छ ।

त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने । दाई कांग्रेस त छदैछ, गतिलो भाई कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ । अब हाम्रो काम के हो भने यो दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै, यो प्रतिक्रियावादको, दलाल नोकरशाही पुँजिवादी राज्यसत्ताको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी, कम्युनिस्टहरुलाई एकतावद्ध तुल्याउँदै क्रान्ति फेरी गर्न सकिन्छ । हामी फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडी बढ्न जरुरी छ ।’

उहाँले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाए क्रान्ति गर्न सकिने बताउनु भयो ।