१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने सरकारको निर्णय

विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने सरकारको निर्णय
तस्बिरः प्रदिपराज वन्त/रासस
अ अ+ अ-

काठमाडौँ । सरकारले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भएको छ ।

सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले सो प्रश्ताव पारित गरेको हो । गृह मन्त्रालयको प्रश्तावमा विपद्बाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रवलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सांस्कृतिक संस्थानको संकलक पदमा काठमाडौंकी पूजा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रश्तावलाई श्रेष्ठलाई ४ वर्षका लागि सो संस्थापनको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको बताउनु भयो । त्यसैगरी मन्त्रीपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि स्वीकृत पनि गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताउनु भयो । कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फ्र्रैक बराबरको अनुदान सहायता स्विकार गर्ने भन्ने निर्णय भएको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘अर्थ मन्त्रालयको प्रश्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फैक बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ । त्यसैगरेर अर्थ मन्त्रालयको अर्को प्रश्तावमा कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अनुदान अमेरिकी डलर ९.८ मिलियन अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय पनि भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ बैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तीब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि प्रस्ताव स्विकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने पनि निर्णय भएको छ । र, गृह मन्त्रालयको प्रस्तावमा विपदबाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रवलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्नेगरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भन्ने पनि निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रश्तावमा सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौ निवासी श्री पूजा श्रेष्ठलाई ४ वर्षका लागि मनोनयन गर्ने भनेर निर्णय भएको छ । ’

सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९.८ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय समेत गरेको छ ।