• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने सरकारको निर्णय



तस्बिरः प्रदिपराज वन्त/रासस

काठमाडौँ । सरकारले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भएको छ ।

सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले सो प्रश्ताव पारित गरेको हो । गृह मन्त्रालयको प्रश्तावमा विपद्बाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रवलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सांस्कृतिक संस्थानको संकलक पदमा काठमाडौंकी पूजा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रश्तावलाई श्रेष्ठलाई ४ वर्षका लागि सो संस्थापनको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको बताउनु भयो । त्यसैगरी मन्त्रीपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि स्वीकृत पनि गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताउनु भयो । कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फ्र्रैक बराबरको अनुदान सहायता स्विकार गर्ने भन्ने निर्णय भएको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘अर्थ मन्त्रालयको प्रश्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फैक बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ । त्यसैगरेर अर्थ मन्त्रालयको अर्को प्रश्तावमा कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अनुदान अमेरिकी डलर ९.८ मिलियन अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय पनि भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ बैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तीब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि प्रस्ताव स्विकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने पनि निर्णय भएको छ । र, गृह मन्त्रालयको प्रस्तावमा विपदबाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रवलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्नेगरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भन्ने पनि निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रश्तावमा सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौ निवासी श्री पूजा श्रेष्ठलाई ४ वर्षका लागि मनोनयन गर्ने भनेर निर्णय भएको छ । ’

सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९.८ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय समेत गरेको छ ।