१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अध्यक्ष ओलीद्वारा समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन सबैसँग अनुरोध

अध्यक्ष ओलीद्वारा समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन सबैसँग अनुरोध
अ अ+ अ-

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभएको छ । एमालेद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उहाँले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताउनुभयो ।

देशका पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको हीरक महोत्सव समारोहमा अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्र, समुन्नत नेपालको पक्षमा सिङ्गो देश एक हुनुपर्नेमा धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै जेलनेलसहित ठूलो त्याग र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ, संस्थागत र जनमुखी बनाउन एमाले प्रतिबद्ध छ भन्नुभयो । उहाँले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्यसहित बहुदलीय प्रजातन्त्रको स्थापना र राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाका क्रममा भएका आन्दोलनमा नेकपा ९एमाले० को भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आफ्नो स्थापना कालदेखि सदैव नेपाल र नेपाली जनताको पक्षमा निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको इतिहास गौरव गर्न लायक रहेको उल्लेख गर्र्दै अध्यक्ष ओलीले अबको कम्युनिष्ट आन्दोलन समृद्ध नेपालसहित सुखी नेपालीको सङ्कल्पसहित समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

देशका प्रमुख वामपन्थी शक्तिबीचको एकता र धुव्रीकरण देश र जनताका पक्षमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले हतार नगरी यसअघिको अनुभवलाई दृष्टिगत गरी सहकार्य र विश्वासका आधारमा कम्युनिष्ट घटकबीच एकता हुँदा राम्रो हुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, विकास निर्माण, सुशासन, भूमिहीन सुकुम्वासी समास्या समाधान, भ्रष्टाचार अन्त्यसहित समुन्नत नेपालका पक्षमा नयाँ राजनीतिक समीकरणको सरकार गठन भएको स्प्ष्ट गर्नुभयो ।

हीरक समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायतका नेतागणको उपस्थिति थियो ।