• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

फिल्मका लागि मांसाहारी बनिन् मानुषी छिल्लर



एजेन्सी । बलिउड स्टारहरू फिल्ममा आफ्नो क्यारेक्टरका लागि शारीरिक परिवर्तनसँगै आफ्नो बानी परिवर्तन गर्न पछि हट्दैनन्। यो सूचीमा मानुषी छिल्लरको नाम पनि परेको छ ।

हालै रिलिज भएको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बाट मानुषी शाकाहारीबाट मांसाहारी बनिन् । मानुषीले एक अन्तर्वार्तामा आफूले यस्तो गर्नुपरेको कारण बताएकी छिन् ।

जूम वेबसाइटलाई दिएको अन्तर्वार्तामा मानुषीले भनिन्, ‘म जीवनभर शाकाहारी रहेकी छु । मलाई सँधै ननवेज नखाने सोच थियो तर मैले ‘बडे मियाँ छोटे मियाँ’ साइन गरें । त्यसपछि मलाई कोभिड भयो । म धेरै डराएको थिएँ किनभने म आफ्नो तौल घटाउन चाहन्नथें किनभने मैले ‘बडे मियाँ छोटे मियाँ’ को लागि मांसपेशीहरू निर्माण गर्नुपर्ने थियो ।’

मानुषीले थप भनिन्, ‘त्यसपछि मेरो बुबा जो एक डाक्टर समेत हुनुहुन्छ उहाँले मलाई मासु खाने सल्लाह दिनुभयो । यस अवधिमा बाबाले मेरो खानपानमा निकै ख्याल गर्नुभयो । मैले उहाँलाई सधैं कुखुराको मासु जस्तो स्वाद नलाग्ने चीज बनाइदिनु भन्थेँ । खानाको टेबुलको छेउमा बसेर मलाई जबरजस्ती खाना ख्वाइदिनुहुन्थ्यो ।’

मानुषीले भनिन्, ‘बडे मियाँ छोटे मियाँ’ को अधिकांश छायांकन जोर्डन, स्कटल्याण्ड, लण्डनमा भएको थियो र स्कटल्याण्डमा तरकारीको धेरै विकल्प थिएन र मेरो लागि प्रोटिनको सजिलो स्रोत मासु थियो ।’

११ अप्रिलमा रिलिज भएको ‘बडे मियाँ छोटे मियाँ’ मा मानुषी बाहेक अक्षय कुमार र टाइगर श्राफले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा मानुषी अक्षय कुमारको अपोजिटमा देखिएकी छन् । ३५० करोडको बजेटमा बनेको फिल्मले खासै प्रतिक्रिया पाएको छैन । फिल्मले ११ दिनमा मात्रै ५५ करोड कमाएको छ ।