• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

केकेआरविरुद्ध आउट भएका थिएनन् कोहली ?



एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध विराट कोहलीको आउटलाई लिएर विवाद सुरु भएको छ । कतिपय विज्ञले यसलाई सहि भनेका छन् भने कसैले गलत भनेका छन् ।

पूर्व भारतीय फास्ट बलर इरफान पठानले यसलाई सहि भनेका छन् भने नवजोत सिंह सिन्धुले गलत भनेका छन् ।

आइतबार भएको खेलमा बैंगलोरको इनिङ्सको तेस्रो ओभरको पहिलो बलमा हर्षित रानाले बलिङ गरेका थिए जुन फुल टस थियो । कोहलीले बललाई अगाडि खेल्ने प्रयास गरेर तर, उनी कट एण्ड बोल्ड भए ।

फिल्ड अम्पायरले आउट दिएपछि कोहलीले नो–बलको रिभ्यु मागे तर थर्ड अम्पायरले फिल्ड अम्पायरको निर्णय परिवर्तन नगरी कोहलीलाई आउट दिए । कोहलीले बलको उचाइ धेरै भएको बताए ।

यो देखेर आक्रोशित विराट कोहली फिल्ड अम्पायरसँग झगडा गरिरहेका देखिए । पछि कोहलीको विकेटलाई लिएर विवाद भयो । कतिपय विज्ञले कोहलीलाई नटआउट घोषणा गरिरहेका थिए भने कतिपयले उनलाई आउट भनेका थिए ।

नियमले के भन्छ ?
बीसीसीआईले आइपिएलमा खेल्ने सबै खेलाडीको कम्मर नापेको थियो । जसमा कोहलीको कम्मरको उचाइ १.०४ मिटर मापन गरिएको थियो । नयाँ हक–आइ बल ट्र्याकिङ टेक्नोलोजीका अनुसार यदि कोहली क्रिजमा सीधा ब्याटिङ पोजिसनमा भएको भए बलले उनलाई जमिनबाट ०.९२ मिटरको उचाइमा पार गर्ने थियो । कोहलीको कम्मरको उचाइ पहिले नै १.०४ मिटर मापन गरिएको थियो, जसको मतलब बल उनको कम्मरभन्दा तल गएको थियो । त्यसैले टिभी अम्पायर माइकल गफका अनुसार उचाइका आधारमा बल वैध थियो ।

कम्मरभन्दा माथिको नो बलमा एमसीसीको नियम के भन्छ ?
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कानून ४१.७.१ अनुसार, कुनै पनि बल जुन स्ट्राइकरको कम्मरको उचाइमा उभिएर सिधै पपिङ क्रिजमा उभिएर मैदानमा हानिएन भने अवैध घोषित गरिन्छ । यस्तो अवस्थामा अम्पायरले नो–बल घोषित गर्छन् । तर कोहलीको आउटको अवस्थामा, उनी आफ्नो क्रिज बाहिर उभिरहेका थिए र पपिङ क्रिजमा पुग्दा बल उनको कम्मरभन्दा गहिरो हुन्थ्यो ।

पठानले भने, ‘कोहली नियमअनुसार आउट भएका थिए
भारतीय पूर्व बलर इरफान पठानले कोहली नियम अनुसार नै आउट भएको बताउँछन् । इरफानले भने, ‘विराट कोहली अलि अगाडि उभिरहेका थिए । बल फुल टस थियो । यदि यो बल छिटो भएको भए, यो उनको कम्मर माथि गएको थियो । तर बल स्लो थियो । डिप हुँदै थियो । त्यही भएर बल ब्याटमा लाग्ने ठाउँमा कम्मरसम्म गएको होला भन्ने सबैले सोचेका छन् । तर, बल डिप भएपछि जहाँ पपिङ क्रिज थियो, बल कोहलीको कम्मरमुनि जान्छ । यसको मतलब यो एक फेयर डेलिभरी हुन्थ्यो । त्यसैले मेरो अनुसार यो बल सही थियो ।’ पठानले बीसीसीआईले यो सिजन सबै खेलाडीको कम्मरको उचाइ नापेको पनि बताए । जब खेलाडीहरू पपिङ क्रिजमा उभिन्छन्, यो मापन गरिन्छ ।

सिद्धुले यसलाई गलत डेलिभरी भनेका छन्
आईपीएलको आधिकारिक प्रसारण च्यानलका लागि कमेन्ट्री गरिरहेका नवजोत सिंह सिद्धुले कोहली आउट भएको बल नो–बल भएको बताए । बल कम्मरभन्दा धेरै माथि रहेको उनले बताए ।

इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २२२ रन जोडेको थियो । टोलीका लागि कप्तान श्रेयस अय्यरले सबैभन्दा ठूलो ५० रनको इनिङ खेले । त्यसपछि लक्ष्य पछ्याउने क्रममा बैंगलोरको टोली २० ओभरमा २२१ रनमा अलआउट भयो । टोलीका लागि विल ज्याकले ३२ बलमा ५५ रनको सबैभन्दा ठूलो पारी खेले । खेलमा आरसीबीले अन्तिमसम्म लड्यो तर अन्ततः केकेआरले जित्यो । यो सिजनमा आरसीबीको यो सातौं हार हो ।