• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

तलब थोरै तर काम ठूलो: यी खेलाडीले मात्र २० लाखमा करोडौंको प्रदर्शन गरिरहेका छन्



एजेन्सी । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)ले सुरु हुनुअघि नै कीर्तिमान बनाएको थियो । मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने, जसलाई केकेआरले २४.७५ करोडमा किनेको थियो ।

तर कतिपय खेलाडीले आफ्नो आधार मूल्य अर्थात् २० लाखमा बिक्री भएपछि पनि आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

शशांक सिंह र आशुतोष शर्मा – पञ्जाब किंग्स
आशुतोष शर्माले आईपीएल २०२४ मा पञ्जाब किंग्सबाट डेब्यु गरेका छन् । ६–७ नम्बरमा ब्याटिङ गर्दै उनले पञ्जाबका लागि फिनिशरको भूमिका खेलिरहेका छन् ।

उनी एक्लैले मुम्बई इन्डियन्सविरुद्ध २८ बलमा ६८ रनको उत्कृष्ट इनिङ खेल्दै पञ्जाबलाई जितको नजिक पुर्याए, तर पराजयका बाबजुद उनी पञ्जाबका लागि नायक बने ।

धेरै खेलमा शशांक सिंहसँगको उनको जोडीले बलरलाई निकै कठिन बनाएको छ । दुवैलाई एक सिजनमा २० लाख मात्रै पारिश्रमिक दिइन्छ । यस सिजनमा एकातिर आशुतोषले १५९ रन बनाएका छन् भने शशांक सिंहले १९५ रन बनाएका छन् ।

अङ्क्रिश रघुवंशी र हर्षित राणा – केकेआर
अङ्क्रिश रघुवंशी २०२२ को अन्डर–१९ क्रिकेट विश्वकपमा भारतीय टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए । आईपीएलको डेब्यु खेलमा ५४ रनको इनिङ खेलेपछि अङ्क्रिश चर्चामा आएका थिए । अर्कोतर्फ, कोलकाता नाइट राइडर्सले हर्षित रानाको रूपमा प्रतिभाशाली बलर पाएको छ। हर्षित २०२२ देखि केकेआरसँग आबद्ध छन् तर आइपिएल २०२४ मा उनी टोलीका लागि मुख्य बलरको रूपमा उभिएका छन् र अहिलेसम्म ६ खेलमा ९ विकेट लिएका छन् ।

लखनऊ सुपर जायन्ट्सलाई चिट्ठा
एलएसजीले चालू सिजनमा १, २ होइन ३ युवा स्टार पाएको छ । मयंक यादवले आईपीएल २०२४ को सबैभन्दा छिटो बलिङ गरेर क्रिकेट जगतमा हलचल मच्चाएका थिए । योसँगै आयुष बडोनीले यो सिजन धेरै महत्वपूर्ण इनिङ खेलेका टोलीको मिडल अर्डर ब्याटिङलाई बलियो बनाउँदैछन् । उनीबाहेक जारी सिजनमा अहिलेसम्म ८ विकेट लिएका यश ठाकुरको बलिङले पनि ब्याट्सम्यानहरुलाई निरन्तर सताइरहेको छ ।

अन्य टिममा पनि युवा स्टार छन्
गुजरात टाइटन्सको कुरा गर्दा, साई सुदर्शनले नम्बर ३ ब्याट्सम्यानको भूमिका निकै राम्रोसँग खेलेका छन् । उनले चालू सिजनमा २६९ रन बनाएका छन् । सनराइजर्स हैदरावादले हालै युवा अलराउन्डर नितिश रेड्डीलाई मौका दियो, जसले आफ्नो दोस्रो खेलमा म्याच जित्ने प्रदर्शन दिए ।

उनले दिल्लीविरुद्धको खेलमा ३७ रन बनाएका थिए भने २ महत्वपूर्ण विकेट पनि लिएका थिए । अभिषेक पोरेलले दिल्ली क्यापिटल्सका लागि तल्लो क्रमका ब्याट्सम्यानका रूपमा सुरु गरे पनि अहिले ३–४ नम्बरमा ब्याटिङ गर्दै धेरै रन बनाइरहेका छन् ।

मुम्बई इन्डियन्सका आकाश मधवालले गति र नियमित विकेट लिइरहेका छन् । राजस्थान रोयल्सको कुरा गर्ने हो भने, टोलीले कुलदीप सेनलाई ३ मौका दिएको छ, जसले ६ विकेट लिएर आफ्नो उज्ज्वल भविष्यको जग बसालेका छन् ।