• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

आजको आईपीएल: शीर्ष स्थानमा रहेको राजस्थान र मुम्बई खेल्दै, यस्तो छ हेड-टु-हेड



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा आज मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्दैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

सन् २००८ मा पहिलो सिजनको उपाधि जितेको राजस्थान रोयल्स यस सिजनमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । उता, मुम्बई इन्डियन्स ७ मध्ये ३ खेल जितेर ६ अंकसहित छैटौं स्थानमा छ । आजको खेल जितेर मुम्बई शीर्ष ४ मा आउन सक्छ । तर, मुम्बईले जयपुरमा ७२ प्रतिशत खेल गुमाएको छ ।

हेड-टु-हेड

१७ औं सिजनमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि मुम्बईलाई राजस्थानले हराएको थियो ।

आईपीएलमा दुई टोलीबीच जम्मा २९ खेल खेलिएका छन् । मुम्बईले १५ र राजस्थानले १३ जित हात पारेको छ भने एक खेल पनि अनिर्णित रह्यो । जयपुरमा यी दुईबीच ७ वटा खेल भएका छन्। जसमा मुम्बईले २८५ अर्थात २ पटक मात्रै जितेको छ भने घरेलु टोलीले ५ खेल जितेको छ ।

राजस्तानका कप्तान सञ्जु सामसन, जोस बटलर र रायन परागले २५० भन्दा बढी रन बनाएका छन् । पराग ३१८ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । बलरमा आवेश खान, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चहल १२ विकेट लिएका छन् ।

यता, मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मा, इशान किशन र सूर्यकुमार यादव उत्कृष्ट लयमा छन् । रोहितले टोलीका लागि सर्वाधिक २९७ रन बनाएका छन् । बलरमध्ये जसप्रित बुमराह र जेराल्ड कुटीजले राम्रो खेलिरहेका छन् । बुमराहले १३ विकेट लिएका छन् ।

पिच रिपोर्ट

जयपुरको पिच ब्याटिङ मैत्रीपूर्ण छ, यस सिजनमा यहाँ ४ खेल खेलिएका छन् र प्रत्येक पटक १८० भन्दा बढी रन बनाएका छन् । दुई पटक पहिले ब्याटिङ गर्ने टोलीले र दुई पटक पछि ब्याटिङ गर्ने टोलीले खेल जितेको छ । टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गररकेशव महाराज।

ईम्प्याक्ट खेलाडी: कुलदीप सेन, शुभम दुबे।

मुम्बई इन्डियन्सको प्लेईङ​ सम्भावित ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, मोहम्मद नाबी, टिम डेभिड, रोमारियो शेफर्ड, श्रेयस गोपाल, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।

ईम्प्याक्ट खेलाडी: आकाश मधवाल, नेहल वढेरा, नमन धीर।