• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति

मन्त्रिपरिषद् बैठक बस्दै, १२ वटा अध्यादेश सिफारिस गर्ने तयारी



फाईल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजे बैठक बोलाइएको हो ।

बैठकमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि आवश्यक अध्यादेश ल्याउनेबारे छलफल हुने छ । लगानी सम्मेलनका लागि १२ वटा कानुन संशोधन गर्न अध्यादेश ल्याउने तयारी सरकारको छ ।

यसैगरी बैठकमा भोलिदेखि हुन लागेको कतारका राजा मोहमद तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने छ ।