१३ असार २०८३, शनिबार
,
Latest
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले परिषद् बैठक सम्पन्नः सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण कार्ययोजना पारित



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले २०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान वर्षका रुपमा मनाउने पस्ताव पारित गरेको हो ।

ललितपुरको गोदावारीस्थित सनराइजहलमा सम्पन्न भएको बैठकले यस वर्षलाई पार्टीले सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

उहाँले हिजो प्रस्तुत गरिएका प्रतिवेदनहरुमाथि आज छवटा समूहमा छलफल गरेर निष्कर्ष निकाल्दै टोली नेताहरुले प्रस्तुतीकरण गर्नुभएको सुनाउनुभयो । टोली नेताले दिएको सुझावलाई समेट्ने गरी ती प्रतिवेदनलाई पारित गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार समूह नं १ बाट केन्द्रीय सदस्य मोहनमाया ढकाल, समूह नं २ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसी, समूह नं ३ बाट पोलिटब्यूरो सदस्य ठाकुर गैरे, समूह नं ४ बाट केन्द्रीय सदस्य शान्ति पाख्रिन, समूह नं ५ बाट केन्द्रीय सदस्य ऋषिकेश पोखरेल र समूह नं ६ बाट सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले समूहगत रुपमा आएका निष्कर्षलाई प्रस्तुतीकरण गर्नुभएको थियो ।

समूह नं १ का टोली नेता ढकालले आधारभूत वर्गका पार्टी सदस्यता शुल्क घटाउनुपर्ने, निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने, समूह नं २ का टोलीनेता जैसीले पार्टीमा प्यानलगत र गुटबन्दी गर्न नहुने तथा पार्टीका अधिवेशनका लागि चयन हुने प्रतिनिधि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने सुझाव दिनुभयो ।

समूह नंं ५ का टोलीनेता पोखरेलले पार्टीका सबै नेता तथा कार्यकर्ताको आयव्यय सार्वजनिक गर्नुपर्ने तथा मितव्ययी बन्नुपर्ने सुझाव दिनुभयो । शनिबार केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, बैठकमा उपमहासचिव विष्णु रिमालले १३ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको सभाहलमा प्रस्तुत गर्नुभएको एमालेका प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । हिजोदेखि सुरु भएको बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी थिए ।