• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

कोटेश्वरस्थित हवाई विभागको जग्गामा रहेको नर्कटघारीमा आगलागी



काठमाडौँ । त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको स्वामित्वमा रहेको (भिओआर डिएमई) जग्गामा पलाएको नर्कटघारीमा आइतबार साँझ ६ बजेदेखि शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको सो आगलागी नियन्त्रणको लागि नेपाली सेना, काठमाडौँ र भक्तपुरका दमकलहरुले एक घण्टा लगाएर निभाएका थिए ।

कोटेश्वर चोक नजकिैको ट्राफिक प्रहरी प्रभागसंगै जोडिएको सो जग्गा नेपाली सेनाको हवाई ब्याट्री युनिटले सुरक्षा दिँदै आएको छ ।

आगलागीबाट जनधनको क्षति नभएतापनि सो ठाउँबाट स्थानीय त्रिदेवीनगरका सयौं वासिन्दाहरुले बोरिङ्ग गरेर ल्याएको पिउने पानीको लाइनहरु भने नष्ट भएको छ ।