• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

पाकिस्तानको संसदबाट सांसद र पत्रकारको जुत्ता चोरी



एजेन्सी । पाकिस्तानको संसदमा शुक्रबार सांसद र पत्रकारको जुत्ता चोरी भएको छ । पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट अनुसार सांसद, पत्रकार र संसदका कर्मचारी शुक्रबारको नमाज पढ्न कम्प्लेक्समा रहेको मस्जिदमा गएका थिए ।

मस्जिदबाट बाहिर निस्कँदा उनीहरुको जुत्ता चोरी भएको थियो । चोरहरूले २० जोडी जुत्ता लिएर गए । त्यसपछि सांसद खाली खुट्टा संसदमा फर्किए । राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले यस विषयमा छानबिन गर्न आदेश दिएका छन् ।

एक्सप्रेस ट्रिब्यूनका अनुसार संसदमा उपस्थित सुरक्षा अधिकारीहरू नमाजको समयमा आफ्नो स्थानमा तैनाथ गरिएको थिएन । सभामुखको आदेशपछि सहसचिव र वरिष्ठ प्रहरी अधिकारीले यस विषयमा छानबिन गर्नेछन् । सीसीटीभी फुटेजबाट आरोपीको पहिचान गर्ने प्रयास भइरहेको बताइएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यस चोरीको पछाडि भिखारी माफियाको हात रहेको आशंका व्यक्त गरेका छन् ।