१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा



तस्बिर : रामकुमार लिम्बू/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताउनुभएको छ ।

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर काँग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताउनु भयो । उहाँले इलामले अब परिवर्तन खोजेको पनि बताउनु भयो । उहाँले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ । हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरुको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरुलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावली सम्बन्धी पुनःविचार गरियोस् र नेपाली काँग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरुको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ती काठमाडौंमा लगेर लिखित दिएको छु । पहिचानवादीको मुद्दामा पनि नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग गर्नेछ ।’

उहाँले निर्वाचनमा आफूलाई इलामका जनताले जिताउनेमा ढुक्क रहेको बतउनु भयो ।