१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ

ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ
अ अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाउनुभएको छ ।

शनिवार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको बताउनु भयो ।

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौति दिनेहरु जन्मिएको दाबी गर्नुभयो । देश र जनताको सेवा गरौं भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौति दिँदै हिँडेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न पनि आग्रह गर्नुभयो ।

नेपालले भन्नुभयो, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जवको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो । बुर्जुवा पार्टीले पनि त्यसो गर्दछन् । बिपी कोईरालाको नाममा गर्छ । गणेशमानको नाममा गर्छ । तर आफ्नै नाममा गर्या छ । यसलाई भन्छन्–व्यक्तिवाद । अनि त्यही व्यक्तिवाद बोक्नेले के भन्छ भने–२० वर्षसम्म कसैले नेतृत्व ताक्छ त ? यस्तो भन्नुहुँदैन । राम्रो कुराको पो गर्ने हो । हामी सबै बाचुन्जेल देश र जनताको सेवा गरौं है, लिएर जानु के छ र है भनेर भन्नु पो प¥यो त । चुनौति दिने होइन । होइन भने चुनौति दिने अरु पनि जन्मेका छन । यो हेक्का होस् ।

समाजमा सम्बन्धहरु किन बिग्रन्छन ? किनभने व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर । यसरी सम्बन्धहरु बिग्रने गर्दछन् । त्यसो हुनाले म हाम्रो पार्टीको तर्फबाट यतिमात्रै भन्न चाहन्छु–ज्ञान पनि दिन चाहन्न म । बुद्धि पनि दिन चाहन्न । ज्ञान र बुद्धिका पोका त अन्त्यै छन होला । तर मिठो बोलौं, राम्रो बोलौं । भलो गरौं, दिमागमा तीन वटा कुरा राखौं–देशको हितको रक्षा गर्ने कसरी, देशको इज्जत र प्रतिष्ठालाई उठाउने कसरी, देशभक्त नागरिक हामी बन्ने कसरी ? यो कुरामा ध्यान दिऊँ । जनताको सेवा गर्ने कुरामा समर्पित बनौं ।’

अध्यक्ष नेपालले ओलीले अरुको मानमर्दन गर्ने गरेको गुनासो पनि गर्नुभयो ।