• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान

शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विद्यावारिधी तथा दर्शानाचार्य तहका शोधकर्ताहरुले सम्मान गरेका छन् ।

आज विभागमा आयोजित एक कार्यक्रममा डा केसीले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागको प्राज्ञिक सफलतामा अतुलनिय योगदान गरेको ठहर गर्दै उक्त सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै प्रा केसीले आफुले दिइएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्ने प्रयास गरेको हुदा नयाँ जिम्मेवारी थपिएको कुरा उल्लेख गर्नु भयो । साथै, विश्वविद्यालयको समग्र उन्नयनको लागि उहाँले आफ्ना कार्ययोजनाबारे समेत प्रकाश पार्नुभयो ।

विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहयोग निकायहरुबाट प्राप्त हुने बजेट भन्दा राष्ट्रिय बजेटमा नै अनुसन्धान गर्दा राष्ट्रिय हितको सुरक्षा र सम्बर्धन हुने भएकोले अनुसन्धानको लागि नेपाल सरकारकै बजेट बृद्दिको लागि पहल गर्ने, प्राध्यापकहरुको प्राज्ञिक क्षमता अभिवृद्धि गर्न योजना निर्माण गर्ने, शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयनमा जोड दिने, र विश्वका विभिन्न विश्वविद्यालयहरुसंगको सहकार्यलाई तिब्र रुपमा अघि बढाउन पहल गर्ने योजना रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा विभागका फ्याकल्टी सह प्राध्यापक डा टिका राम गौतम, अर्थशास्त्री डा डिल्लीराज खनाल, शोधकर्ताहरु हरि प्रकाश चन्द (अग्निपुञ्ज), रश्मी आचार्य, शिबराम रिजाल, हेमन्त बुढाथोकी, मणि शर्मा, सुनिता बराल, र आशिष राज उपाध्यायले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सो क्रममा उहाँहरुले देशभरी नै विद्यार्थी संख्या घटेको भनि आम चिन्ता भइरहेको सन्धर्वमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागमा विद्यार्थीहरुको चाप अत्यधिक रहेको, र प्रवेश परिक्षामा उत्कृष्टता हाँशिल नगरी भर्ना नपाउने अवस्था सृजना गर्न योगदान गरे झैं त्रिभुवन विश्वविद्यालयलाई पनि विभागको जस्तै आकर्षणको केन्द्र बनाउन सफलता मिलोस भनि शुभकामना दिनुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा पुर्व सांसद डा डिल्लीराज खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोहि विभागका शोधकर्ता बिनोद खण्ड तिमिल्सेनाले गर्नुभएको थियो ।