१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर रहेको बताउनुभएको छ ।

शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूण र कष्टकर रहेका बताउनुभयो ।

पार्टी विभाजन, पार्टीलाई सकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको ओलीले स्पष्ट पार्नुभयो । ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ’, ओलीले भन्नुभयो ।

अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मक रूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गर्नुभयो । यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेका ओलीले बताउनुभयो ।

निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साँढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभार पूरा गर्न आगामी दिनमा गर्नुपर्ने काम बारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गर्नुभयो ।

पार्टीको दशौँ महाधिवेशन अराजकता र अवसरवाद माथिको संगठनात्मक विजयको महाधिवेशन भएको पनि उहाँले बताउनुभयो । दशौँ महाधिवेशन संगठनात्मक अराजकताका विरुद्धको विजयको महाधिवेशन भएको उहाँले टिप्पणी गर्नुभयो ।

विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको उहाँले बताउनुभयो ।

नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक नीति र विधिको बारेमा मात्र छलफल गर्न विधान अधिवेशन आयोजना गरिएको उहाँले स्मरण गराउनुभयो । त्यसले पार्टी पङ्तीको मनोबललाई उच्च गराउने काम गरेको ओलीको धारणा छ ।

नीति र नेतृत्वको छलफल एकै पटक गर्दा नीति माथि छलफल नै नहुने अनुभवबाट पाठ सिकेर एमालले विधान महाधिवेशन गरेको ओलीले बताउनुभयो । महाधिवेशनले जनताको बहुदलीय जनवादका आवश्यकता, महत्त्व र औचित्यलाई पुनपुष्टि गरेको उहाँको धारणा छ ।

अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार तयार गर्नुमा रहेको एमालेको महाधिवेशनले निष्कर्ष निकालेको उहाँले बताउनुभयो । त्यसलाई अर्को शब्दमा समृद्ध नेपाल सुखी नेपाली भन्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

आफैँमा उच्च लोकतान्त्रिक चरित्र भएको पार्टीले मात्र समाजमा लोकतन्त्र स्थापना र विकास गर्न सक्छ भन्ने स्पष्ट धारणा नेकपा एमालेको रहेको उहाँले बताउनुभयो । ‘नेकपा एमाले नेपाली समाजमा लोकतन्त्र स्थापनाका लागि बलिदानी संघर्ष र सही नेतृत्व गर्ने पार्टी हो, नेकपा एमाले आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिकणको मानक निर्माण गर्ने पार्टी हो’, ओलीले भन्नुभयो ।

ओलीले नेकपा एमाले निक्कै अप्ठेरो परिस्थितिबाट गुज्रिएर आएको बताउनुभयो । सबै खालका घेराबन्दी चिरेर एमाले अघि बढेको बताउनुभयो । ‘पार्टीले आफ्नो सबैभन्दा अप्ठेरो कालखण्ड कुलापूर्वक पार गरेको छ, हाम्रो पार्टी प्रति हामीले गर्व गर्नुपर्छ, जटिलतम भन्दा जटिलतम अवस्था पार गरेर आज हामी यहाँ आइपुगेका छौँ, आज पार्टी घेराबन्दी, षडयन्त्र र आक्रमणको चक्रब्युहलाई चिर्दै धुलो टकटक्याएर माथि उठेको छ’, ओलीले भन्नुभयो ।

पार्टी बचाउने उद्देश्यले विगतमा ठुला पार्टी संगठन बनाइएको ओलीले बताउनुभयो । त्यी कमिटीलाई पार्टी बनाउने कमिटीका रूपमा परिणत गर्न पार्टीका प्रदेश अधिवेशन सम्पन्न भएका र जिल्ला, पालिका र वडामा समय अगावै अधिवेशनको अभियान अहिले चलिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीलाई मजबुत बनाउने अब पार्टीको आधारभूत कोर्स पूरा नगरेको मान्छे पार्टी कमिटी र सार्वजनिक पदमा उम्मेदवार बन्न नसक्ने उहाँले बताउनुभयो । पार्टीमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई रत्तीभर अघि बढ्न नदिने उहाँले स्पष्ट पार्नुभयो । निष्ठावान् र एकताबद्ध पार्टी आजको आवश्यकता रहेको ओलीले बताउनुभयो ।

संगठनको स्तर र क्षमता वृद्धिमा विशेष ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पार्टीको जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने ओलीले बताउनुभयो ।

एमाले मजबुत भएकोमा जनविरोधी शक्तिलाई छटपटी चलेको ओलीले बताउनुभयो । एमाले विरुद्ध मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्ने प्रयास भइरहेको प्रति उहाँले सचेत गराउनुभयो ।

समाजमा बढेको निराशामा टेकेर दक्षिणपन्थी र लोकवादी मिठा कुरा गर्ने शक्तिले नागरिकलाई प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । उनीहरूले यस्ता कुरालाई उजागर गर्न सक्ने भए पनि उनीहरूले निकास दिन नसक्ने उहाँले बताउनुभयो । यसको लागि सही बिचार र दृष्टिकोण आवश्यक पर्ने ओलीले स्पष्ट पार्नुभयो । लोकतन्त्रको विकल्प निरङ्कुश र सामन्तवादी शक्ति हुनै नसक्ने उहाँले बताउनुभयो ।

ओलीले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीको आन्तरिक समस्या पत्ता लगाउन सहयोग गरेको बताउनुभयो । त्यस्तै एमाले सञ्चालन गरेको समृद्धिका लागि संकल्प अभियानले लोकतन्त्र प्रतिको आस्थालाई अझ प्रगाढ बनाएको उहाँले स्पष्ट पार्नुभयो । यसले पार्टी, नेता र जनता बिचको सम्बन्धलाई थप घनिष्ठ बनाएको टिप्पणी गर्नुभयो । सो यात्राले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने षडयन्त्रलाई निष्क्रिय पारिदिएको उहाँले स्पष्ट पार्नुभयो ।

पहाडी गाउँ रित्तिँदै जानु प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने प्रायोजित भाष्य र भ्रमपूर्ण प्रचारले युवा विदेश पलायन बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसको लागि युवालाई देशमा नै गर्न सकिन्छ भन्ने धारणा विकास गराउन आवश्यक रहेको ओलीको भनाइ छ ।

ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना समारोह एमालेले भव्यताका साथ मनाउने जानकारी दिनुभयो । प्रतिनिधि परिषद् बैठक सकिने बित्तिकै सो कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।