• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट)



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५२ जना सख्त घाइते भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिपका– १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बस सडकबाट सय मिटर तल खसेको हो ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको छ ।