१४ मंसिर २०८१, शुक्रबार
,
Latest
टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ? ‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा अन्त:शुल्क स्टिकर छपाइमा  भ्रष्टाचार प्रकरण: पौडेल र श्रेष्ठलाई आठवर्ष कैदको फैसला  लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

उहाँले सरकारले नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले वागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय वागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।

नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।

राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्ति गर्ने । नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने ।’

सरकारले नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गरेको छ ।