• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित)

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा



काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा टेबुल भएको छ ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गर्नुभएको हो । मंगलवार नेकपा एमाले र माओवादीले कोशी प्रदेस सभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गर्नुभएको थियो ।

संकल्प प्रश्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रश्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताउनु भयो । गत असोज २७ गते एमालेका ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको भए पनि परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको भण्डारीले बताउनु भयो ।

प्रदेश सभामा पेस गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रश्ताव पास नहुँदै मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो । समर्थक नै रहनुभएका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रशस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेश सभामा संकल्प प्रस्ताव टेबुल गरिएको बताउनु भयो ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा सत्तापक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो । विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेश सभामा विपक्षीको कुर्सीमा बस्ने सांसदहरुको संख्या ५२ थियो । सत्तापक्षको कुर्सीमा भने काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का मात्र २४ जनाको उपस्थिति थियो । मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पु¥याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

राजीनामा दिएर मार्ग प्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव टेबुल गरेको हो । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीवार बसेको प्रदेश सभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव टेबुल भएको हो । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।