१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा टेबुल भएको छ ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गर्नुभएको हो । मंगलवार नेकपा एमाले र माओवादीले कोशी प्रदेस सभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गर्नुभएको थियो ।

संकल्प प्रश्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रश्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताउनु भयो । गत असोज २७ गते एमालेका ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको भए पनि परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको भण्डारीले बताउनु भयो ।

प्रदेश सभामा पेस गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रश्ताव पास नहुँदै मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो । समर्थक नै रहनुभएका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रशस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेश सभामा संकल्प प्रस्ताव टेबुल गरिएको बताउनु भयो ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा सत्तापक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो । विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेश सभामा विपक्षीको कुर्सीमा बस्ने सांसदहरुको संख्या ५२ थियो । सत्तापक्षको कुर्सीमा भने काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का मात्र २४ जनाको उपस्थिति थियो । मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पु¥याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

राजीनामा दिएर मार्ग प्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव टेबुल गरेको हो । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीवार बसेको प्रदेश सभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव टेबुल भएको हो । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।