• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे



एजेन्सी । मुम्बई प्रहरीले सलमान खानको घर बाहिर गोली हानाहान गर्ने अर्को संदिग्धलाई हरियाणाबाट पक्राउ गरेको छ । उक्त व्यक्तिको नाम भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रहरीले उनलाई मुम्बई ल्याएको छ । सोधपुछका क्रममा उनले मुख्य अभियुक्त विक्की र सागरलाई गोली चलाउन १ लाख रुपैयाँ दिएको खुलासा भएको छ । त्यसपछि थप रकम दिने वाचा गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार यी संदिग्ध अमेरिकामा बसिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईसँग सम्पर्कमा थिए ।

हत्या गर्ने नियतले होइन डराउने उद्देश्यले गोली प्रहार
यसअघि १६ अप्रिलमा मुद्दाका दुई मुख्य आरोपी सागर पाल र विकास उर्फ ​​विक्की गुप्तालाई गुजरातबाट पक्राउ गरिएको थियो । दुवै बिहारका बासिन्दा हुन् । दुवैले हरियाणाबाट आएका संदिग्धको नाम प्रहरीलाई बताए ।

प्रहरीले सागर पालका भाइ सोनु पालसहित ७ जनालाई सोधपुछका लागि मुम्बई बोलाएको छ र उनीहरुसँग सोधपुछ भइरहेको छ ।

यहाँ, मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूले बुधबार भने कि दुवै अभियुक्त सलमानलाई मार्न चाहँदैनन् तर उनलाई डराउन चाहन्थे । सोही कारण उनको घरबाहिर गोली चलाइएको थियो ।