काठमाडौँ । महालेखारीक्षक पदमा तोयम राया नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखारीक्षक पदमा नियुक्त गर्नुभएको हो ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्पति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम रायालाई सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।